इनरुवा, चैत १६ गते । सुनसरी सदरमुकाम इनरुवामा तेस्रो इनरुवा रनमा महिलातर्फ पाँचथरकी पुष्पा लिम्बु र पुरुषतर्फ तेह्रथुमका सुरज लिम्बु पहिलो हुनुभएको छ ।
शनिबार भएको खुला दौडमा महिलातर्फ उदयपुरकी मिमता तामाङ दोस्रो र खोटाङकी दिपा बस्नेत तेस्रो हुनुभयो । पुरुषतर्फ स्याङ्जाका धनु मानन्धर दोस्रो र ताप्लेजुङ्गकी अमिर लिम्बु तेस्रो हुनुभयो ।
तीन वर्षदेखी लागातार हुदै आएको इनरुवा रनको तेस्रो संस्कारणमा एकै पटकमा एक हजार बढी धावकहरूको सहभागिता रहेकोमा भेटेराम १६ वर्ष मुनी तर्फ पुरुषमा अभिनारायण अधिकारी पहिलो, विजयकुमार राई दोस्रो र मङ्गल तामाङ तेस्रो हुनुभयो ।
यही स्पर्धाको महिलातर्फ जमुना लिम्बु पहिलो, कुसुम लिम्बु दोस्रो र गिता कोईराला तेस्रो हुनुभयो ।