• १९ चैत २०८१, मङ्गलबार

बागलुङमा पत्रकारद्वारा विरोध प्रदर्शन

blog

पत्रकारको हत्या र सञ्चारगृहमा गरिएको आगजनी तथा तोडफोडको विरोधमा प्रदर्शन गर्दै बागलुङका पत्रकार । तस्बिरः प्रदिप पन्त

प्रदीप पन्त
बागलुङ, चैत १६ गते ।
पत्रकारको हत्या र सञ्चारगृहमा गरिएको आगजनी तथा तोडफोडविरुद्ध बागलुङका पत्रकारले विरोध प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासङ्घ बागलुङले शुक्रबार काठमाडौँमा पत्रकार सुरेश रजकको हत्या तथा कान्तिपुर टिभी र अन्नपूर्ण पोस्टको कार्यालयमा गरिएको आगजनी, तोडफोडको विरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर, सञ्चारगृमािथको आक्रमण बन्द गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रको रक्षा गरौं, पत्रकारको सुरक्षाको ग्यारेन्टी गर, प्रेस स्वतन्त्रता जिन्दाबादसहितका विभिन्न प्लेकार्ड बोकेर बागलुङ बजारमा विरोध प्रदर्शन गरेका छन् । 

नेपाल पत्रकार महासङ्घको गुठीमा रहेको भवनबाट विरोध र्‍याली सुरु गरी हल्लन चोक, बालमन्दिर रोड, धौलागिरि चोक हुँदै बाघको चोकमा पुगेर सभा गरिएको थियो । विरोध सभालाई सम्बोधन गर्दै पत्रकारहरूले हिजो भएको रजकको हत्या र सञ्चारमाध्यममा भएको आक्रमण निन्दनीय र भर्सनायोग्य रहेको बताएका छन् ।