साहारा लिम्बू
फुङलिङ, चैत १६ गते । ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरिजङ्घा गाउँपालिका ५ खेसेवाका स्थानीय ताराहाङ माबोको छोरी ईतुङना माबो रहेका छन् ।
सिमेन्ट प्लास्टर गरेको पानी ट्याङ्कीमा पौडी खेल्ने क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार बालिकाको शुक्रबार घरदेखि नजिकै रहेको ट्याङ्कीमा डुबी रहेको अवस्थामा स्थानीयले फेला पारेका थिए । उपचारका लागि तत्काल प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक दुर्गा खनालको नेतृत्वमा खटेको प्रहरीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई जिम्मा लगाएको प्रनाउ रावलले जानकारी दिनुभयो ।