• १९ चैत २०८१, मङ्गलबार

कुल्लेककोटमा संरक्षण पार्क बन्ने

blog

गोकर्ण दयाल 

बैतडी, चैत १६ गते    । कुनै बेला सामाजिक न्याय, अन्याय छुट्याउने थलोका रूपमा रहेको बैतडीको कुल्लेककोट दरबारको भग्नावशेष उत्खनन गरी संरक्षण पार्क बन्ने भएको छ । कोटको संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय बैतडीमा कुल्लेककोट सांस्कृतिक समाज दर्तासमेत भएको छ । दशरथ चन्द नगरपालिका–४, देवलहाट नजिकैको अग्लो डाँडामा रहेको कुल्लेककोट दरबार १२ औँ  शताब्दीअघि निर्माण भएको भनाइ छ । यो कोटमा विसं. १६३० देखि १६५० सम्म रुद्रवीर शाहले राज्य गरेको स्थानीयको भनाइ छ ।  

रुद्रवीर यहाँको २० औँ राजाका रूपमा रहेका थिए । त्यसपछि यहाँ रानादेवले बैतडी गर्खाको न्याय, अन्याय छुट्याउने गरी शासन गरेका थिए । रानादेवको निधनपछि गर्गदेवले  कोटको  परम्परालाई निरन्तरता दिएका थिए । हालः यो कोट भत्केर भग्नावशेषमा परिणत भएको छ । कोटमा विभिन्न मूर्ति र शिलालेख रहेका छन् । कुल्लेककोट नजिकै पञ्चदेवल रहेको छ । देवलको संरक्षण भए पनि कुल्लेककोटको संरक्षण हुन नसकेका बेला समाजसेवी दानबहादुर चन्दको अगुवाइमा कोटको संरक्षणको काम अघि बढेको करन चन्दले बताउनुभयो । उहाँले दानबहादुर चन्दको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “कोटको जग्गा तीन जनाको नाममा रहेकाले उक्त जग्गा कुल्लेककोट सांस्कृतिक समाजको नाममा ल्याउने प्रव्रिmया सुरु भएको छ । त्यसका लागि जग्गादाता ललितबहादुर चन्द, करन चन्द (हाट) र गणेबहादुर चन्द तयार हुनुभएको छ ।” कोटनजिकै हतियार लुकाउन तत्कालीन समयमा मन्दिर जस्तो शैलीमा देवल बनाउने चलन थियो । बैतडीको देवललाई अहिले मन्दिरका रूपमा पूजा हुने गरेको भए पनि तत्कालीन समयमा राजाहरूको हतियार राख्ने कोतका रूपमा रहेको बताइन्छ । मन्दिरमा कसैले आव्रmमण नगर्ने भएकाले यो शैली अपनाएको जानकार ८४ वर्षीय वीरबहादुर चन्दले बताउनुभयो ।  

एक दशकअघि पुराताìिवक विभागले पञ्चदेवलको जीर्णोद्धार गर्ने व्रmममा ढाल–तरबार र खुँडा भेटिनुले पनि पञ्चदेवल तत्कालीन राजाहरूले हतियार राख्ने कोत रहेको पुष्टि भएको उहाँले बताउनुभयो । पञ्चदेवलमा भेटिएको शिलापत्रमा पनि ‘गर्गदेव पुत्रस्य’ लेखिएको पाइनुले यो कुरालाई थप पुष्टि गरेको उहाँ बताउनुहुन्छ । कुल्लेककोट नजिकै पारितर्फ ग्वाल्लेकमा धज्या ढुङ्गा रहेको छ । तत्कालीन समयमा गाउँमा आव्रmमण गर्न कटक पसे उक्त धज्या ढुङ्गाबाट कुल्लेककोट दरबारमा स्थानीय भाषमा धदिउन्या (चर्को स्वर निकालेर जानकारी गराउने) चलन रहेको थियो । ग्वाल्लेक क्षेत्रमा अहिले पनि धज्या ढुङ्गालाई अन्यायमा बोल्ने ढुङ्गाका रूपमा पूजा हुने गरेको छ ।