• १८ चैत २०८१, सोमबार

तीर्थयात्राको स्कर्पियो दुर्घटनामा चार जनाको मृत्यु

blog

काल्पनिक चित्र ।

गोकर्ण पौडेल

तुलसीपुर, चैत १५ गते । तीर्थयात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिकाका चार जनाको मृत्यु भएको छ ।  तुलसीपुरबाट भारतको विभिन्न तीर्थस्थल यात्राका लागि बिहीबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कर्पियो गाडी भारतको तुलसीपुर नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । 

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनीका अन्दाजी ३७ वर्षीय युवराज चापागाईसहित चार जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी तुलसीपुर–७ कै निवासी मोतीराम वलीकी आमा ८० वर्षीया वृद्धाको मृत्यु भएको छ । मृतक दुई जनाको भने अझै नाम खुलेको छैन । गाडीमा नौ जना सवार रहेको र अरू घाइते भएको उहाँले बताउनुभयो । वडाध्यक्ष जिसीका अनुसार  दुर्घटना बिहीबार दिउँसो ४ बजेतिर भएको हो । मृतक चार जनालाई घरमा ल्याउने थालिएको वडाध्यक्ष जिसीले बताउनुभयो ।