• ८ चैत २०८१, शुक्रबार

गेटा अस्पतालको निर्देशकमा डा. यादव नियुक्त

blog

कैलालीको गेटा अस्पतालको निर्देशकमा प्रमुख वरिष्ठ कन्सलटेन्टमा डा. प्रमोदकुमार यादव ।

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ७ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलालीको गेटा अस्पतालको निर्देशकमा प्रमुख वरिष्ठ कन्सलटेन्टमा डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ । 

केही समय यता रिक्त निर्देशक पदमा यसअघि ट्रमा सेन्टरको निर्देशक रहिसकेका यादवलाई मन्त्रालयको सचिवस्तरीय निर्णयका आधारमा जिम्मेवारी प्रदान गरिएको हो । यसअघिका निर्देशकले राजीनामा गरेपछि रिक्त पदमा नियुक्त यादव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १० औं तहमा कार्यरत हुनुहुन्छ । 

यसअघि डा. यादवले जनकपुर प्रादेशिक अस्पतालमा समेत निर्देशकको रुपमा जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।