• १९ चैत २०८१, मङ्गलबार

कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य

blog

शशिधर पराजुली

विराटनगर, चैत ७ गते । कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गरिएको छ । बिहीबार बिहान बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालु हिउँदे अधिवेशन आजै राति १२ बजेबाट अन्त्य गर्ने निर्णय गरेको हो । 

कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै समस्याग्रस्त सहकारी संस्था वा सङ्घ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको छ । यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १ करोड २८ लाख ६० हजार रकम बाँडफाँड गर्न स्वीकृत प्रदान प्रदान गरिएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको लागि अनुमानित सीमा १ अरब ५० करोड तथा राजस्व बाँडफाडको अनुमान सीमा १ अरब १० करोड स्वीकृत गर्ने समेत निर्णय गरेको छ । 

बैठकले उच्च तथा जिल्ला अदालत सुदृढीकरण का लागि १ करोड ५० लाख बाँडफाँड गर्न स्वीकृत प्रदान गरेको समेत जानकारी मन्त्री भण्डारीले जानकारी दिनुभयो । राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज २०८१ पनि बैठकले  स्वीकृत गरेको छ ।