• २ चैत २०८१, शनिबार

रुस युद्धविरामको पक्षमा छ : राष्ट्रपति पुटिन

blog

काठमाडौँ, चैत २ गते । रूस संयुक्त राज्य अमेरिका र युक्रेनले प्रस्ताव गरेको ३० दिने युद्धविराम योजनाको पक्षमा रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनु भएको छ । पुटिनले भ्रमणमा रहनुभएका बेलारुसी राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोसँगको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो । 

शत्रुता रोक्ने प्रस्तावहरूसँग सहमत रहेको तर युद्धविराम दीर्घकालीन शान्तिका लागि नेतृत्व गर्ने र यस सङ्कटको मूल कारणलाई हटाउने गरी हुनुपर्ने बताउनुभयो । 

पुटिनले द्वन्द्वको २ हजार किलोमिटर सम्पर्क रेखामा युद्धविराम उल्लङ्घनको निगरानीमा कठिनाइ भएको उल्लेख गर्नुभयो । युक्रेनले परिचालन र हतियार आपूर्तिका लागि अस्थायी युद्धविराम प्रयोग गर्नसक्ने मुद्दा उठाउनुभयो । उहाँले कुस्रक क्षेत्रको बारेमा शूक्ष्मता उल्लेख गर्नुभयो । जहाँ रूसी सेनाले अगस्ट २०२४ मा सीमापार आक्रमण गरेपछि युक्रेनी सेनालाई पराजित गर्दैआएको छ ।