गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २९ गते । दीपक रौनियार निर्देशित चलचित्र ‘राजागन्ज’ लाई सेन्सर बोर्डले काँटछाँटसहित सेन्सर पास गरेको छ । निर्देशक रौनियारले चलचित्र निर्धारित मितिमै प्रदर्शन हुने निश्चित भएको बताउनुभयो । चलचित्रले मधेशको राजनीतिक मुद्दालाई बोकेको छ । मधेश आन्दोलनका दृश्यहरूसमेत चलचित्रमा समेटिएका छन् । ‘राजागन्ज’ यस वर्षको भेनिस फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भइसकेको छ । फेस्टिभलमा फिल्मले १० मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ प्राप्त गरेको छ ।
मधेशको परिवेशमा खिचिएको चलचित्रले सभासद्का छोरासहित दुई बच्चा अपहरणमा परेपछि तिनलाई मुक्त गर्न प्रहरीले गरेको खोज मुख्य कथावस्तु हो । आशा मगरातीले शीर्ष भूमिका निर्वाह गर्नुभएको चलचित्रमा दयाहाङ राई, विजय बराल, निकिता चण्डकलगायतको अभिनय छ ।