• २७ फागुन २०८१, मङ्गलबार

बिमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज नियुक्त

blog

काठमाडौँ, फागुन २७ गते । स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त हुनु भएको छ । सिफारिस समितिको सुझावका आधारमा छनौटमा परेका तीन जनामध्ये डा. वाग्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् । 

समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्तापश्चात् अन्तिम सूचीमा डा। काफ्लेसहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

मन्त्री पौडेलले गठन गरेको बिमा सुझाव कार्यदलमा डा. काफ्ले सदस्य हुनुहुन्थ्यो । कार्यदलले स्वास्थ्य बिमा सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो । 

उहाँ यस अघि गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भई सक्नु भएको छ ।