भावना जोशी
अत्तरिया, फागुन २६ गते । गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबिच भएको सात बुँदे सहमतिमा तलमाथि भएत्यसको सबैभन्दा ठूलो दोष कांग्रेसले लिनुपर्ने बताउनु भएको छ ।
सोमबार कांग्रेस लसुदूरपश्चिम प्रदेश सम्मेलनको सामेबार उद्घाटन गर्दै गृहमन्त्री लेखकले नेपाली कांग्रेस सबैभन्दा ठूलो र महत्वपूर्ण पार्टी भएकाले कांग्रेसले गरेका प्रतिबद्धता र अरू दलसँग गरेका सहमति पालना गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले सहमति पालना गर्न नसकेर भत्किने अवस्था बनेमा त्यसको सबैभन्दा ठूलो दोष कांग्रेसलाई जाने बताउनुभयो । उहाँले एमालेसँग भएको सहमति इमानदारीताका साथ पूरा गर्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “सातबुँदेको जगमा नयाँ सरकार बनेको छ, ‘संविधानका रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षासँगै मुलुकलाई आर्थिक समृद्धिको यात्रामा अगाडि बढाउन यो समीकरणलाई ठिक ढङ्गले अगाडि बढ्नुपर्छ ।’