• २० फागुन २०८१, मङ्गलबार

सहिद परिवारको सम्मान

blog

भरतपुर समाचारदाता

चितवन, फागुन २० गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति चितवनले सोमबार जनयुद्ध तथा जनआन्दोलनको व्रmममा मारिएका, बेपत्ता पारिएका परिवारलाई सम्मान गरेको छ ।

पार्टी केन्द्रीय समिति सदस्य ईश्वरी भट्टराईले सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गर्नुभएको हो । माओवादी केन्द्रले विभिन्न समयमा भएका जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएका आफ्ना कार्यकर्ताको सम्झनामा प्रत्येक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउने गरेको छ । “यसरी सहिद सप्ताह मनाउनुको उद्देश्य सहिदको बलिदानको स्मरण गर्नु हो,” उहाँले भन्नुुभयो । “जनयुद्ध र जनआन्दोलनका उपलब्धिको चर्चा गर्नु, सहिद परिवारलाई सम्मान गर्नु, युवालाई माओवादी आन्दोलनका बारेमा जानकारी गराउनु आवश्यक छ,” केन्द्रीय सदस्य भट्टराईले बताउनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कञ्चन खनाल, निशा न्यौपानेलगायतले सहिद र बेपत्ता परिवारको पीडाका बारेमा आफ्ना भनाइ राख्नुभएको थियो । 

२०५२ फागुन १ गते सुरु भएको सशस्त्र युद्ध १० वर्षको अवधिमा तत्कालीन विद्रोही माओवादी र राज्यपक्षबाट गरी मारिने र बेपत्ताको सङ्ख्या १७ हजार भएको अनुमान गरिएको छ ।