रामकृष्ण बोहरा
बागलुङ, फागुन १९ गते । प्रगतिशील लेखक सङ्घ (प्रलेस) बागलुङको अध्यक्षमा विजय राना सर्वसम्मत चयन हुनुभएको छ । प्रलेस बागलुङको आइतबार सम्पन्न अधिवेशनले रानाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
सङ्घको उपाध्यक्षमा पूर्णपति कँडेल, सचिवमा विनोद प्रतीक, कोषाध्यक्षमा शर्मिला रोका र सह–सचिवमा सुरेश पुन चयन हुनुभएको छ । समितिको सदस्यमा खेमराज गौतम, केशवराज क्षेत्री, दिलीप प्रतेल र अनिस खाती चयन हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष रानालाई निवर्तमान अध्यक्ष तारानाथ आचार्यले निर्णयपुस्तिका हस्तान्तरण गर्नुभयो । वामपन्थी विचार बोक्ने लेखक तथा साहित्यकारको साझा संस्था प्रलेसले वैचारिक गोष्ठी, साङ्गीतिक तथा साहित्यिक कार्यक्रम गर्दैआएको छ ।