• १९ फागुन २०८१, सोमबार

रोस फुटबलको मुख्य प्रशिक्षकमा नियुक्त

blog

प्रशिक्षकको सम्झौता पत्र आदानप्रदान गरिँदै । तस्बिर : एन्फा

काठमाडौँ, फागुन १८ गते । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त हुनुभएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार अस्ट्रेलियाका रोसलाई एक वर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको हो । रोस एक महिनाअघि नै नेपाल आउनुभएको थियो ।

तर एन्फाले आइतबार मात्र रोसलाई औपचारिक सार्वजनिक गरेको छ । रोसले सोमबार आफ्नो कार्ययोजना सार्वजनिक गर्ने बताइएको छ । 

‘युइएफए प्रो लाइसेन्स’ मान्यताप्राप्त रोस यसअघि सन् २०२० देखि २०२३ सम्म दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको प्रशिक्षकको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

नेपाली टोलीका पूर्व प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल आठ महिना अघि सकिएपछि नेपाली पुरुष टोली प्रशिक्षकविहीन थियो । 

रोसको प्रशिक्षणमा नेपालले अब एएफसी एसिएन कप छनोट २०२७ को खेल खेल्नेछ । एन्फाले छनोट खेलको तयारीका लागि रोसलाई नियुक्त गरेको हो ।