काठमाडौँ, फागुन १७ गते । प्रथम कोशी खेलकुद महोत्सवअन्तर्गत बुद्धिचाल प्रतियोगिताको उपाधि सिएम शुश्रुत दाहालले जित्नुभएको छ ।
चाठ चरणको खेलमा दाहालले सात अङ्क जोड्दै उपाधि जित्नुभएको हो । विराटनगरमा सम्पन्न प्रतियउोगितामा धिरेन राई ६.५ अङ्क जोड्दै दोस्रो हुनुभयो ।
समान ६.५ अङ्क बटुल्न सफल प्रकाशचन्द्र नेपाल तेस्रो हुनुभयो । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: ५० हजार, २५ हजार र १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । रिसोन थापा चौथो बन्दै १० हजार रुपियाँ पाउनुभयो ।
यस्तै महिलातर्फ शान्ति धिमाल पहिलो, शुशिला गुरुङ दोस्रो र कृतिसारा अधिकारी तेस्रो हुनुभयो । सिनियरतर्फ वसन्त लामा पहिलो र मढीराज डाँगी दोस्रो हुनुभयो ।अनरेटेडतर्फ कुशल भण्डारी पहिलो र इकेश नेपाल दोस्रो हुनुभयो । प्रतियोगितामा विभिन्न स्पर्धाका २९ जना विजेतालाई पुरस्कार प्रदान गरिएको थियो ।
नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जन, महासचिव धरमबहादुर लामा, आयोजक जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष भुपेन्द्र निरौलालगायतले पुरस्कार प्रदान गर्नुभयो ।