• १६ फागुन २०८१, शुक्रबार

हाइड्रोपावरमा कार्यरत बजीन्द्र घर्तीमगर मृत फेला

blog

बाबुराम शर्मा
दोलखा, फागुन १६ गते ।
दोलखाको विगु गाउँपालिका–१ मा निजी क्षेत्रबाट निर्माणाधीन नासा हाइड्रोपावरमा कार्यरत एक जना कामदार मृत फेला परेका छन् । रोल्पाको सुनछहरी गाउँपालिका–३ का २३ वर्षीय बजीन्द्र घर्तीमगर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

हाइड्रोपावरअन्तर्गत मादी जलजला कन्स्ट्रक्सनमा कार्यरत घर्तीमगर फागुन १४ गतेबाट सम्पर्कविहीन हुनुभएको थियो । सम्पर्कविहीन घर्तीमगरको बिहीबार साँझ देउराली नजिकै भीरबाट दुई सय मिटर तल मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक दाताराम अधिकारीले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भएको पनि उहाँले बताउनुभयो ।