• १३ फागुन २०८१, मङ्गलबार

बाढी पहिरो पीडितलाई राहत प्रदान

blog

राहत प्रदान गर्दै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, फागुन १३ गते । गत असार २२ र २३ गते गएको बाढी पहिरोबाट पूर्णरूपमा घर क्षति पुगेका यहाँका नौ परिवारलाई राहत प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङजाले अर्जुनचौपारी गाउँपालिकाका चार र आँधीखोला गाउँपालिकाका पाँच परिवारलाई नगद प्रदान गरेको हो । 

प्रशासनले क्षति पुगेका मध्ये अर्जुनचौपारी–१ का गुरुप्रसाद दमै, टेकप्रसाद खत्री, रञ्जीता खत्री र वडा नं–३ की सरस्वती दमैलाई वडा नं–१ को कार्यालयमा पुगेर राहत प्रदान गरेको हो । 

यस्तै आँधीखोला गाउँपालिका–१ का यामकुमारी केसी, यामनारायण अधिकारी, रनबहादुर सुनार, लालबहादुर सुनार र तेजबहादुर सुनारलाई सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले वडा कार्यालय पुगेर प्रराहत पदान गर्नुभएको हो । आँधीखोला वडा नं–४ मा अझ एक जनालाई राहत दिन बाकी रहेको पौडेलले बताउनुभयो । उहाँले प्रदेश सरकारको १० हजार र सङ्घीय सरकारको १५ हजार गरी २५ हजारको दरले राहत प्रदान गर्नुभएको हो । 

पालिकाले ढिला विवरण पढाउँदा बेलैमा राहत दिन नसकेको बताउदै पौडेलले ढिलै भए पनि राहत आएको र दिएको बताउनुभयो । 

यस्तै सप्रजिअको टोलीले अर्जुन चौपारीका चार वटा किनारा पसलमा अनुगमन समेत गरेको हो । अनुगमनमा दुई वडा पसलमा चार हजार ८९५ रुपियाँ बराबरको म्याद नागेका तथा अखाध्य वस्तु भेटिएको र जफत गरी नष्ट गरेको पौडेलले बताउनुभयो ।