• ११ फागुन २०८१, आइतबार

प्रतीक र यशस्वीलाई भ्याली बुद्धिचाल उपाधि

blog

बुद्धिचाल उपाधि विजेता खेलाडी ।

काठमाडौँ, फागुन ११ गते । प्रथम बज्रबाराही अन्तर काठमाडौँ भ्याली बुद्धिचाल प्रतियोगितामा छात्रतर्फ मनकामना सेकेन्डरी स्कुलका प्रतीक सुवेदी र छात्रामा मेधा सेकेन्डरी स्कुल भक्तपुरकी यशस्वी शर्मा च्याम्पियन बन्नु्भएको छ ।

गोदावरी नगरपालिकाको प्रायोजनमा सम्पन्न सात चरणको प्रतियोगितामा सुवेदी र शर्माले ६.५ अङ्क जोड्नुभयो । उपाधिसँगै दुवै जनाले जनही चार हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

छात्रमा पुष्प सदनका हार्दिक पन्त दोस्रो र एक्सेलसर स्कूलका श्रीजित श्रेष्ठ तेस्रो हुनुभयो । छात्रामा ग्रिनहिल स्कूलकी एञ्जल महर्जन दोस्रो र अन्नपूर्ण उच्च माविकी ओजश्वी श्रेष्ठ तेस्रो हुनुभयो । 

यस्तै गोदावरी नगरबाट बज्र एकेडेमीका बिभव जोशी, लालीगुराँस स्कुलका विभिन गुरुङ र विराटजंग शाही क्रमश: पहिलो, दोस्रो र तेस्रो हुनुभयो । महिलातर्फ लालीगुराँसकी कामना थापामगर, किटिनिकी नन्दलक्ष्मी खड्का र पेरिशा पहरी क्रमश: पहिला, दोस्रो र तेस्रो हुनुभयो । 

प्रतियोगितामा ६० विद्यालयका एक सय २० खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिताको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले उद्घाटन गर्नुभएको थियो । विजेतालाई नेपाल बुद्धिचाल महासङ्घ प्रवक्ता राजु ताम्राकारलगायतले पुरस्कार प्रदान गर्नुभयो ।