• २४ असार २०८२, मङ्गलबार

निवृत्तिभरण अध्यादेश खारेजीको माग गर्दै शिक्षक आन्दोलित

blog

विभिन्न माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई दाङमा ज्ञापनपत्र बुझाउन जाँदै नेपाल शिक्षक महासंघ निकट शिक्षकहरु । तस्बिर : सन्तोष दहित

सन्तोष दहित 

दाङ, फागुन ९ गते । नेपाल शिक्षक महासङ्घ दाङले निवृत्तिभरण अध्यादेशलाई खारेजी गर्नुपर्ने र निवृत्तभरण सुविधा निरन्तर हुनुपर्नेसहित विभिन्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

शुक्रबार घोराहीमा भेला भएर बजार परिक्रमा गर्दै शिक्षा विकास तथा समन्वय एकाइ दाङका प्रमुखलाई ३४ बुँदे ज्ञापन पत्र बुझाएको महासङ्घका अध्यक्ष युवराज बस्नेतलाई जानकारी दिनुभयो । 

उहाँले दाङसहित देशभरका शिक्षक महासंङ्ले आन्दोलनमा उत्रिएका जानकारी दिनुभयो । "हामीले विद्यालयको सम्पत्तिको संरक्षणदेखि शैक्षिक प्रशासनमा शिक्षकहरुको सहभागिता सुनिश्चितको माग गरिरहेका छौं", उहाँले भन्नुभयो, "शिक्षक अस्पतालसँगै शिक्षकहरुलाई ज्येष्ठताको आधारमा बढुवा हुनुपर्नेसहित ३४ बुँदे माग गरेका छौं ।"

यस्तै उहाँले प्राथमिक तहमा कक्षागत र मथिल्लो तहमा विषयगत दरबन्दीको व्यवस्था गरिनुपर्ने बताउनुभयो । उहाँले यो आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने जानकारी दिनुभयो ।