गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ८ गते । गीतकार एवं चलचित्र निर्देशक स्वर्गीय चेतन कार्कीको रचनामा रहेको गीत ‘काफल गेडी’ सार्वजनिक भएको छ । नेपाली पूर्वीय मौलिक लोकलयका आधारमा बनेको गीतमा नारायण ओलीको सङ्गीत र गायिका माधवी अर्यालको स्वर रहेको छ । गीतलाई श्यामस्वेत रसाइलीले एरेन्ज गर्नुभएको छ । निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा उत्तम हुमागाईंको छायाङ्कन र विकास धमलाको सम्पादन रहेको छ ।