गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ७ गते । माउन्टेन र्याट्स मोसन पिक्चर्सको ब्यानरमा बन्न लागेको चलचित्र तीन ताराको छायाङ्कन सम्पन्न भएको छ । मोरङ र सुनसरीका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्रमा १५ वर्षपछि भेटिएका साथीहरूको जीवन, सम्बन्ध र परिवर्तनको कथा देखाइने छ । जीवन दाहालको पहिलो निर्देशनमा बन्ने चलचित्रमा घनश्याम जोशी, उत्तम पाण्डे, दीपेन्द्र शाही, रूपेश तामाङ, अशोक गौतम, नवीनचन्द्र अर्याल, सविन भट्टराईलगायतको अभिनय रहेको छ । निर्देशक दाहाल आफैँले लेख्नुभएको कथाले मित्रताको महत्व, जीवनका उतारचढाव र समयले ल्याउने परिवर्तनलाई सूक्ष्म रूपमा प्रस्तुत गरेको छ ।