गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ७ गते । ऋषिराज आचार्य लिखित, निर्मित तथा निर्देशित चलचित्र ‘द्रौपदी’ ले टिकटक भिडियो निर्माण प्रतियोगिता घोषणा गरेको छ । हालै सार्वजनिक चलचित्रको रवि ओड र इन्द्रकला राईको स्वरमा रहेको ‘कर्णाली काटौँला..’ गीत अहिले चर्चामा छ । सोही गीतमा टिकटक बनाउने टिकटक प्रयोगकर्तामध्ये उत्कृष्ट पाँचलाई आरबि मुभिजले निर्माण गर्ने नयाँ चलचित्रमा अभिनय गर्ने मौका दिइनुका साथै उत्कृष्ट तीन जनालाई नगद पुरस्कारसमेत प्रदान गरिने छ । यीबाहेक सय जना टिकटकरलाई चलचित्रको प्रिमियरमा सहभागी गराइने निर्माण पक्षले जानकारी दिएको छ । आश्विनी शाही, रवि ओड, सुजाता तिमिल्सिना, प्रकाश ज्ञवाली, कविराम भामलगायतका कलाकारको मुख्य भूमिकामा रहने चलचित्र डोल्पा जिल्लाको से फोक्सुन्डोलगायतका स्थानमा छायाङ्कन गरिने निर्माण पक्षले जनाएको छ ।