• १९ चैत २०८१, मङ्गलबार

मातृ मृत्युदर शून्यमा झार्ने लक्ष्यमा प्रदेश सरकार : मुख्यमन्त्री पाण्डे

गुणबहादुर रोका 

सुलीकोट, फागुन ५ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा मातृमृत्यु दर शून्यमा झार्ने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभएको छ । सोमबार गोरखा नगरपालिका–१२ को तारानगर स्वास्थ्यचौकीमा आधारभूत स्वास्थ्य सेवाका लागि चिकित्सकीय सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मातृमृत्यु दर शून्यमा झार्ने बताउनुभएको हो । 

नेपालको संविधानले दिएको स्वास्थ्य हक अधिकार अनुसार कुनै पनि नागरिहरु स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्दै मुख्यमन्त्री पाण्डेले महिलाहरु सुत्केरी हुन नसकी मृत्यु हुनेको दर पनि गण्डकी प्रदेशमा अरु प्रदेशमाभन्दा बढी भएकाले पनि यसलाई कसरी घटाउन सकिन्छ भन्ने अभियान प्रदेश सरकारले चलाईरहेको रहेको उहाँले बताउनुभयो । 

मातृमृत्युदर घटाउन प्रदेश सरकारले स्थानीय अस्पतालमा सुत्केरी हुन नसकेका महिलाहरुलाई त्यसको लागि हेलिकोप्टरबाट लिफ्ट गरी पोखरा वा काठमाडाैं लगेर सुत्केरी गराउने व्यवस्था गरिएको मुख्यमन्त्री पाण्डेको भनाइ छ । 

विशेषगरी गण्डकी प्रदेशका हिमाली जिल्लाका महिलाहरुमा मातृमृत्युदर बढी भएपछि प्रदेश सरकारले अभियान चलाएर सुत्केरी महिला र बच्चाको मृत्यु हुनबाट जोगाउन निर्णय गरिएकाले त्यस्ता समस्या परेमा तत्त्काल प्रदेश सरकारले हल गर्ने स्पस्ट पार्नुभयो । अहिले गण्डकी प्रदेश सरकारले क्यान्सर रोग, मृगौला रोग लागेकाहरुलाई सहज रुपमा उपचार गरी प्रत्येक बिरामीलाई एक लाख रुपियाँ दिने व्यवस्था गरिएको पनि मुख्यमन्त्री पाण्डेको भनाइ छ । जनताको स्वास्थ्यसँग प्रदेश सरकार संवेदनशील रहेको मुख्यमन्त्री पाण्डेको जिकिर छ । 

गोरखा नगरपालिका–१२ मा रहेको तारानगर स्वास्थ्य चाैकीमा अहिलेबाट उपचार दिँदै आएकोमा आजबाट भने मेडिकल अधिकृतसहितको टोलीले वडावासीलगायत नजिक रहेका वडाका नागरिकलाई उपचार गर्न अन्त जानुपर्ने बाध्यता अन्त्य भएको–१२ का वडा अध्यक्ष डिलबहादुर थापाले बताउनुभयो ।