शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शिवराज ढुङ्गाना
अछाम, फागुन ४ गते । मङ्गलसेन दरबारले ध्वस्त भएको २२ वर्षपछि रूप पाएको छ । विसं. २०५८ साल फागुन ४ गते राती माओवादी र सेनाबिच भएको भिडन्तका क्रममा ध्वस्त भएको मङ्गलसेन दरबार पुनः निर्माणको अन्तिम चरणमा पुगेको छ । दरबार पुनः निर्माण २०६७ साल जेठमा सम्पन्न गर्नुपर्ने भए पनि चार वर्ष बित्दा समेत अझै पूर्ण निर्माण हुन सकेको छैन ।