• ८ वैशाख २०८२, सोमबार

काँग्रेस संसदीय दलको बैठक सुरु

blog

काठमाडौँ, माघ २४ गते । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । 

बिहीबार बिहान संसद्को ल्होत्से हलमा बैठक सुरु भएको हो । बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ पार्टी पदाधिकारी र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले  दिनुहुनेछ । गत माघ १८ गते बसेको पार्टीको संसदीय दलको बैठकमा सांसदहरूले स्थानीय र प्रदेश तहको निर्वाचन आम निर्वाचनभन्दा पछाडि गर्न र पार्टीको महाधिवेशन ०८४ को निर्वाचनपछि गर्न माग गरेका थिए । 

सोही विषयमा मन्त्री र पदाधिकारीहरूले आज जवाफ दिनुहुनेछ । साथै आज बस्ने संसद्को बैठकमा सरकारले ल्याएको अध्यादेशबारे कसरी प्रस्तुत हुने लगायतका समसामयिक, राजनीतिक विषयहरूमा छलफल हुनेछ ।