• २१ माघ २०८१, सोमबार

अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

blog

काठमाडौं, माघ २१ गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपियाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रूपियाँ ८८ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपियाँ ३१ पैसा र बिक्रीदर एक सय ४३ रूपियाँ ९३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रूपियाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रूपियाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रूपियाँ ७८ पैसा र बिक्रीदर एक सय ५२ रूपियाँ ४४ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८५ रूपियाँ ९० पैसा र बिक्रीदर ८६ रूपियाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपियाँ १९ पैसा र बिक्रीदर ९५ रूपियाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपियाँ ७७ पैसा र बिक्रीदर एक सय दुई रूपियाँ २१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रूपियाँ ९१ पैसा र बिक्रीदर आठ रूपियाँ ९५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ ०७ पैसा र बिक्रीदर १९ रूपियाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ८७ पैसा र बिक्रीदर ३७ रूपियाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपियाँ ९३ पैसा र बिक्रीदर ३८ रूपियाँ ०९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ ०९ पैसा र बिक्रीदर चार रूपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपियाँ ६५ पैसा र बिक्रीदर ३७ रूपियाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपियाँ ०४ पैसा र बिक्रीदर ३१ रूपियाँ १७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपियाँ ४९ पैसा र बिक्रीदर नौ रूपियाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपियाँ ४६ पैसा र बिक्रीदर १२ रूपियाँ ५२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपियाँ २० पैसा र बिक्री दर १९ रूपियाँ २८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपियाँ ७४ पैसा र बिक्रीदर १७ रूपियाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपियाँ ०३ पैसा र बिक्रीदर ४४९ रूपियाँ ०३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रूपियाँ ७९ पैसा र बिक्रीदर तीन सय ६८ रूपियाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रूपियाँ ६४ पैसा र बिक्रीदर तीन सय ६१ रूपियाँ २० पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रूपियाँ एक सयको खरिददर एक सय ६० रूपियाँ र बिक्रीदर एक सय ६० रूपियाँ १५ पैसा तोकिएको  छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस