राममणि दाहाल
हेटौँडा, माघ २० गते । मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । राक्सिराङ गापा ४ जैसिङतालस्थित भित्रि सडकखण्डमा रहेको करङभिर खण्डमा राज कपुर चौधरीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
करङभिर खण्डमा पैदल हिँडिरहेका अवस्थामा पर्सा जिल्ला पटेर्वा सुगौली गापा ३ ठुलोदेवली बस्ने वर्ष ४२ का चौधरी उक्त बाटोबाट करिब ६०-७० मिटर तल भिरमा खस्न गई घाइतेभएपछि उपचारको लागि हेटौँडा अस्पताल ल्याइएकोमा डाक्टरले आइतबार १ः१० बजेको समयमा मृत घोषणा गरेका थिए।
निज घाइतेको टाउको र शरीरको विभिन्न भागमा चोट अवस्था गम्भिर अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको थियो । शव हेटौँडा अस्पतालमा रहेको र घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय मनहरीबाट थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।