काठमाडाैं, माघ १९ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको समग्र विकास गर्ने सशक्त माध्यम राजनीति भएको बताउनुभएको छ । शनिवार विश्व निकेतन माध्यामिक विद्यालयको ७९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले राजनीतिमा लाग्ने मान्छे समाजकै काम नलाग्ने मान्छे हो भन्ने किसिमले भाष्य सिर्जना गरिएको भन्दै त्यसलाई चिर्न सक्नुपर्ने बताउनुभयो । उहाँले अरूको लहलहैमा लाग्नुभन्दा सही र गलत छुट्याएर चुन्नुपर्ने बताउनु भयो । उहाँले सेवा गर्नको लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति भएको बताउनु भयो । आफू सेवा दिनकै लागि राजनीतिमा आएको उल्लेख गर्नुभयो । उहाँले विदेशमा ठुलाठुला काण्ड गरेर ठुलो नेता बन्छु भन्दै राजनीतिमा लाग्ने गरेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, "राजनीति क्षेत्र देशको समग्र विकास गर्नसक्ने सशक्त माध्यम हो । सेवाका लागि राम्रो माध्यम पनि राजनीति हो । सेवा दिनकै लागि म राजनीतिमा लागेको हो । विदेशमा गएर ठुला काण्ड गरेर नेपाल फर्किएर अनि ठुलो नेता बन्नका लागि मान्छेहरू नआएका होइनन् । तपाईंहरू छान्ने काममा चुक्नुभयो भने हामीले प्राप्त गरेका अधिकारहरू सुरक्षित र संवद्र्धित गरेर त्यसको आधारमा लैजानुपर्छ । त्यसका लागि जनताले छानेको प्रतिनिधि हुनुपर्छ ।’
उपप्रधानमन्त्री सिंहले विद्यार्थीले मेहनतका साथ अध्ययन गर्नुपर्ने बताउनुभयो ।