• ९ वैशाख २०८२, मङ्गलबार

जिल्ला अध्यक्षमा दाहाल चयन

blog

नयाँ कार्यसमिति अध्यक्ष किशोर दाहाललाई प्रमाणपत्र वितरण गरिँदै । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा
दोलखा, माघ १८ गते ।
किशोर दाहालको नेतृत्वमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ ।

सदरमुकाम चरीकोटमा सम्पन्न १४ औं जिल्ला अधिवेशनको बन्दसत्रले दाहालको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको खुल्ला उपाध्यक्ष कुमार गुरुङ, महिला उपाध्यक्ष पम्फामाया श्रेष्ठ, सचिव भरत केसी, सह–सचिव अम्बिका कुमारी कार्की, कोषाध्यक्ष प्रदीप कुमार सुवेदी, सह–कोषाध्यक्ष गीता बस्नेत रहनु भएको छ ।

अधिवेशनले राष्ट्रिय महाधिवेशन प्रतिनिधिको रुपमा रणकाजी तामाङ र राधा बस्नेतलाई चयन गरेको छ । प्रदेश प्रतिनिधिको रुपमा कुमार जिरेल, सुन्दर पाण्डे, यज्ञराज खतिवडा, उमेश शिवाकोटी, बालकृष्ण मल्ल ठकुरी, सुरेश गेलाल, विदुर सापकोटा, अल्पना खड्का, उर्मिला थापा, सरिता खड्का र कविता भुजेल चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्व सञ्चारमन्त्री पार्वत गुरुङले बधाइ तथा शुभकामना दिनुहुँदै वर्तमान शिक्षा प्रणालीलाई सुधारेर लैजानेतर्फ ध्यान केन्द्रित गर्न र नयाँ पुस्तालाई समाज चिनाउँदै संस्कार सिकाउने खालको शिक्षा दिन आवश्यक रहेको बताउनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष विष्णु भण्डारी, नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले बधाइ तथा शुभकामना मन्तव्य दिनुहुँदै अब्बल ढङ्गबाट शिक्षण गरेर पेशागत उत्कृष्टता प्रदर्शन गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।