हेटौँडा, माघ १७ गते । १६ औँ बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ बाट अभिनेता तथा गीतकार नीर शाह पुरस्कृत हुनुभएको छ ।
भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल हेटौँडाले नेपाली गीतसङ्गीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै शाहलाई नगद एक लाख राशिको पुरस्कार प्रदान गरेको हो । शाहले विगत पाँच दशकदेखि निरन्तर आधुनिक गीतदेखि चलचित्र क्षेत्रमा समेत योगदान पुर्याइरहनुभएको छ । उद्यमी व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले ममतामयी आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा २०६४ सालमा अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार स्थापना गर्नुभएको हो ।
समारोहमा बोल्दै गीतकार शाहले आफूले कहिल्यै पनि गीतकारका रूपमा चिनिनका लागि गीत नलेखेको बताउनुभयो ।