• ९ वैशाख २०८२, मङ्गलबार

छोरी जन्म प्रोत्साहन कार्यक्रम

blog

सुत्केरीसँग उपप्रमुख कार्यक्रम अन्तर्गत सामग्री हस्तान्तरण गर्नुहुदैन मन्थली नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेत ।

रामेछाप समाचारदाता

रामेछाप, माघ १६ गते । रामेछापको मन्थली नगरपालिकाले सञ्चालन गरेको सुत्केरीसँग उपप्रमुख र छोरी जन्मलाई प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

नगरले स्वास्थ्य केन्द्रहरूमा सुरक्षित प्रसूति सेवा अभिवृद्धि गर्ने र छोरी जन्मलाई प्रोत्साहन गर्ने खालका गतिविधि सञ्चालन गरिरहेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को स्वास्थ्य क्षेत्रतर्फको कार्यक्रममध्ये यो दुई वटा कार्यव्रmमलाई महìवका साथ सञ्चालन गरिरहेको छ । नगरभित्रका छ वटा २४ घण्टे प्रसूति केन्द्रमा यो कार्यक्रम सञ्चालनमा छ । 

वडा नं. १ को मन्थली अस्पताल, वडा नं. २ को कठजोर स्वास्थ्य चौकी, वडा नं. ४ को सालु स्वास्थ्य चौकी, वडा नं. ९ को पुरानागाउँ स्वास्थ्य चौकी, वडा नं. ११ को गेलु प्राथमिक स्वास्थ्य केन्द्र र वडा नं. १३ को फुलासी स्वास्थ्य चौकीबाट यो कार्यक्रम सञ्चालन भइरहेका छन् । यो कार्यक्रममार्फत गर्भवती तथा सुत्केरी महिलाले स्वास्थ्य सुरक्षासम्बन्धी जानकारीसहित पोषणयुक्त खानेकुरा र प्रोत्साहन भत्तासमेत प्राप्त गरिरहेका छन् । 

स्वास्थ्य केन्द्रहरूमा सुरक्षित प्रसूति सेवा अभिवृद्धि गर्न सुत्केरीसँग उपप्रमुख कार्यक्रम अन्तर्गत सुत्केरी महिलासँग भेटघाट गरी पोषणयुक्त खानेकुरा वितरणसहित आमा र बच्चाको स्वास्थ्य सुरक्षासम्बन्धी सचेतना अभिवृद्धिको काम गरिएको स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाँलले बताउनुभयो । छोरी जन्मलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत छोरी जन्माउनेलाई तीन हजार रुपियाँ प्रोत्साहन भत्ता प्रदान गरिएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो वर्ष सुत्केरीसँग उपप्रमुख र छोरी जन्मलाई प्रोत्साहन कार्यत्र्रmम महìवसाथ सञ्चालन गरिएको छ । यसको प्रभाव पनि राम्रो देखिएको छ । सुत्केरीसँग भेटघाट कार्यक्रममार्फत दुई हजार पाँच सय रुपियाँ बराबरको बेबी केयर किटसहित पोषणयुक्त खानेकुरा प्रदान गरिएको छ । कार्यव्रmम लागु भएका छ वटा २४ घण्टे प्रसूति केन्द्रमा कम्तीमा चार पटक गर्भ जाँच गरी सुत्केरी हुनेले यो सुविधा पाउँछन् ।”

यो कार्यक्रम लागु भएका प्रसूति केन्द्रमा सुत्केरी भई छोरी जन्माउने नगरभित्रका नागरिकलाई छोरी जन्मलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत तीन हजार रुपियाँ प्रोत्साहन भत्ता प्रदान गरिएको उहाँले बताउनुभयो । चालु आवको साउनदेखि हालसम्म मातृ तथा शिशु मृत्युदर कम गर्नका लागि सञ्चालन भएको सुत्केरीसँग उपप्रमुख कार्यव्रmममार्फत दुई सय जनाभन्दा बढी लाभान्वित भएको उहाँले जानकारी दिनुभयो ।

गर्भवती र सुत्केरी महिलालक्षित सुत्केरीसँग उपप्रमुख कार्यक्रम र छोरी जन्मलाई प्रोत्साहन कार्यक्रमलाई थप प्रभावकारी बनाउने गरी नगरपालिका लागिपरेको मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आवको साउनदेखि माघ महिनासम्म अस्पतालमै कम्तीमा चार पटक गर्भ जाँच गराई अस्पतालमै बच्चा जन्माउने दिदीबहिनीसँग भेटघाट गरियो । मन्थली अस्पतालमा मात्रै १६२ जना महिला दिदीबहिनीसँग सुत्केरी भेट कार्यक्रम र छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता हस्तान्तरण गरियो ।”

मन्थली नगरपालिकाले सुत्केरी भेटका लागि स्वास्थ्यकर्मीद्वारा घरभेट कार्यक्रम सञ्चालन गरिरहेको र जटिल प्रसूतिका लागि रेफरल फन्डमार्फत निःशुल्क एम्बुलेन्स सेवा पनि प्रदान गरिरहेको उहाँले बताउनुभयो ।