• १६ माघ २०८१, बुधबार

राष्ट्रको विकासमा सबैको भूमिका महत्त्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी

blog

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ।

मोरङ, माघ १४ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको समग्र विकासमा सबैको भूमिका महत्त्वपूर्ण हुने भएकाले आफ्नो स्थानबाट योगदान गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विज्ञान प्रविधिको विकास, महिला, बालबालिका क्षेत्रको पछौटेपन हटाउन एवम् खानेपानी समस्या समाधानमा सबैले आफ्नो क्षेत्रबाट काम गर्न सकेमा मुलुकले समृद्धि हासिल गर्ने बताउनुभयो । 

राजनीतिमा चासो राख्नेले छलफलको विषय बनाए पनि दलीय जिम्मेवारी लिने चरणमा आफू पुगी नसकेको उहाँले प्रष्ट पार्नुभयो । उहाँले राष्ट्रपति प्रणाली र राष्ट्रपति पद गैरराजनीतिक जिम्मेवारी नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले मिडियामा मेरो बारेमा आएका कुरा गलत छन् ।” 

पूर्वराष्ट्रपति भण्डारीले आफू सचेत, सङ्गठित भएर हिँडेदेखि राष्ट्रिय राजनीतिमा चासो राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “हरेकले राष्ट्रिय राजनीति बुझ्न आवश्यक छ, राजनीतिबाट कोही अछूत छैन र राजनीतिमा गहिरो चासो छ ।” रासस