गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १३ गते । प्रथम गलबन्दी फिल्म्स एन्ड म्युजिक अवार्ड–२०८१ प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अथिति प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उक्त अवार्ड प्रदान गर्नुभएको हो । कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गीतसङ्गीतले समाजको परिचय दिने मात्र होइन यसको उन्नति र प्रगतिमा महìवपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । कला र त्यसका विभिन्न विधामा कलाकारले अवार्ड पाउनुभएको छ । यो केवल मनोरञ्जनका लागि मात्र नभएको उहाँको भनाइ थियो । कार्यक्रममा विभिन्न जुरी र कलाकार गरी ५७ जनालाई अवार्ड प्रदान गरिएको थियो ।
गायक बमबहादुर कार्कीलाई लाइफ एचिभमेन्ट, सङ्गीत रजत देविका वन्दना, कला पत्रकारिता सुकृत नेपाल, परिवर्तनकारी स्रष्टा जनवादी गायक जीवन शर्मा र दशक सम्मानबाट प्रसाद लामिछानेलाई सम्मानित गरिएको थियो । कार्यक्रममा गोरखापत्र दैनिकका महाप्रबन्धक लालबहादुर ऐरी, गलबन्दी म्युजिक प्रालिका अध्यक्ष साजन कुँवर (नीराजन), प्रबन्ध निर्देशक निसान बानियाँ, प्रदेश सांसद शिवसिंह वलीलगायतको उपस्थिति रहेको थियो ।