गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १३ गते । जुनकिरी अविश्रान्त उज्यालो संस्थाले ’जुनकिरी गजल साँझ’ आयोजना गरेको छ । पुस्तकालय सहयोग निर्माणार्थ शनिबार कालिकास्थानमा रहेको सर्वनाम थिएटरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
“कार्यक्रममा गजलकारहरू शीतल कादम्बिनी, सङ्गीता थापामगर, विमला दाहाल र सुशीला श्रेष्ठले आआफ्नो प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा आयोजक संस्थाका
अध्यक्ष प्रशान्त शर्माले जुनकिरीले हालसम्म तीन वटा गजल साँझ र सुदूरपश्चिम तथा कर्णालीमध्ये एक ठाउँमा पुस्तकालय निर्माण गर्ने लक्ष्य राखेको बताउनुभयो । गजलका
क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहनुभएका महिला गजलकारहरूको सामूहिक प्रस्तुति आयोजना गरिएको उहाँको भनाइ थियो ।