• १३ माघ २०८१, आइतबार

‘मिसिङ : केटी हराएको सूचना’ प्रदर्शनमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १२ गते । चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्रलाई दीपेन्द्र गौचन निर्देशनले गर्नुभएको छ । 

चलचित्रले पहाडी–मधेशीबिचको मेलमिलापको प्रयासलाई कथा बनाएको छ, जहाँ नाजिर ‘राम’ र सृष्टि ‘सीता’ को भूमिकामा देखिनुभएको छ । ट्राई सिटी पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रूपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायतका कलाकारको अभिनय रहेको छ । नकिम उद्दिन कार्यकारी निर्माता रहनुभएको चलचित्रको कथा, लेखन गौचनकै रहेको छ ।