• ९ माघ २०८१, बुधबार

‘मन मनमा संस्कृति ओठ ओठमा हाँसो’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ९ गते । नेपालको मौलिक परम्परागत संस्कृति, कला, नाटकलगायतका मनोरञ्जनमूलक सांस्कृतिक कार्यक्रम ‘मन मनमा संस्कृति, ओठ ओठमा हाँसो’ काठमाडौँको सांस्कृतिक संस्थानमा सुरु भएको  छ । संस्थानले मङ्गलबार राजधानीमा बृहत् र विविध सांस्कृतिक कार्यक्रम आयोजना सांस्कृतिक अभियानको सुरुवात गरेको हो । हरेक महिनाको अन्तिम शुक्रबार सांस्कृतिक संस्थानमा देशभरका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने संस्थानले जनाएको छ ।  विविधतापूर्ण नेपाली सांस्कृतिक परम्पराको प्रवर्धन, तालिम प्रशिक्षण र  सांस्कृतिक गतिविधिका लागि सांस्कृतिक संस्थान (नाचघर) को  ६५ वर्षअगाडि स्थापना भएको हो । 

‘मन मनमा संस्कृति, ओठ ओठमा हाँसो’ सांस्कृतिक कार्यक्रमको सुरुवात समारोहमा कलाकारले आर्यतारा चर्या नृत्य, कौरा, भुओ, भुमे साकेलालगायतका मौलिक परम्परागत नृत्य प्रस्तुत गर्नुभएको थियो  । कार्यक्रममा रामभजन कामतको परिकल्पनामा  मैथिली भाषाको ‘अछोप’ नाटक मञ्चन गरिएको थियो । नाटकले कानुनमा र भाषणमा छुवाछुतको अन्त्य भए पनि व्यवहारमा भेदभाव कायम रहेको यथार्थ प्रस्तुत गरिएको थियो ।