• २९ पुस २०८१, सोमबार

सबैलाई समेटेको यो संविधान उकृष्ट छ : प्रमुख मियाँ

blog

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ ।

गणेश खनाल

अर्घाखाँची, पुस २८ गते । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले अहिलेको संविधान उकृष्ट भएको बताउनुभएको छ । गृह जिल्ला अर्घाखाँची आउनु भएका मियाले आइतबार पत्रकारसँग कुरा गर्दै सबै क्षेत्रलाई समेटी बनाएको संविधान उत्कृष्ट रहेको बताउनुभयो ।

प्रदेश प्रमुख मियाँले संघीयताबारे गलत ढंगले प्रचारबाजी भइरहेकाले यसलाई चिर्न सञ्चारजगत लाग्नुपर्ने बताउनुभयो । देशको ठुला परिवर्तनमा सञ्चार क्षेत्रले महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै उहाँले संघीयता कार्यान्वयनको चरणमा पनि सञ्चार माध्यमहरु सकारात्मक ढंगले लाग्नुपर्ने बताउनुभयो । 

सञ्चार क्षेत्रको परिवर्तनको आन्दोलनमा उल्लेख्य भूमिका रहेको बताउँदै संघीयताबारे नकारात्मक प्रचारबाजी हुन नहुने बताउनुभयो । त्यसलाई सञ्चार जगतले चिर्नुपर्छ, उहाँले भन्नुभयो ।

संघीयताका बेफाइदाहरु देखाएर धावा बोल्ने काम भएको भन्दै यसका फाइदाहरु ओझेलमा पारिएको बताउनुभयो । पत्रकारसँग कुरा गर्दै प्रमुख मियाँले सुदूरपश्चिम प्रदेश सरकार आफू गएपछी व्यवस्थित भएको बताउनुभयो । ‘म प्रमुख भएर जाँदा प्रदेश अस्तव्यस्त थियो, उहाँले भन्नुभयो, ‘म गएपछी केही नयाँ अभ्यासहरु गर्‍यौं र केही व्यवस्थित भएको छ ।’