सुलीकोट समाचारदाता
सुलीकोट, पुस २६ गते । गोरखाको सहिद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले आम्दानीको स्रोत बढाउन च्याउ खेती सुरु गरेका छन् । गाउँपालिकाले च्याउ खेतीका लागि पालिकाभित्र रहेका ४६ वटा सामुदायिक विद्यालयलाई बजेट विनियोजन गरेर विद्यालयमा आम्दानीको स्रोत बढाउन च्याउ खेती सुरु गरिएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले बताउनुभयो ।
गाउँपालिकाले विद्यार्थीको सङ्ख्या र स्रोतसाधनका आधारमा प्रतिविद्यालय २० देखि एक सय प्याकेट बिउ उपलब्ध गराएर ४६ वटा सामुदायिक विद्यालयका एक/एक जना शिक्षकलाई च्याउ खेतीसम्बन्धी तालिम दिएर च्याउ खेती सुरु गरिएको सहिद लखन गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत साल आठ वटा सामुदायिक विद्यलायले च्याउ खेतीबाट राम्रो आम्दानी गर्न थालेपछि यो सालबाट पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा च्याउ खेती कार्यव्रmम लागु गरिएको छ । आफँैले उत्पादन गरेको अर्गानिक खानेकुरा विद्यार्थीलाई खाजाका रूपमा प्रयोग गर्न मिल्ने साथै धेरै उत्पादन भएमा स्थानीय बजारमा बिक्रीवितरण गरी विद्यालयलाई आम्दानी पनि हुने भएकाले च्याउ खेती गरिएको गाउँपालिकाले जनाएको छ ।