• २५ पुस २०८१, बिहिबार

गैँडाको खागसहित भारतीय नागरिक पक्राउ

blog

लीलाराज खड्का 

बिर्तामोड, पुस २५ गते । नेपाल भारत सीमास्थित मेचीनगर नगरपालिका काँकडभिट्टाबाट प्रहरीले  गैँडाको खाग र लागू औषधसहित एक भारतीय नागरिकलाई  पक्राउ गरेको छ ।

बुधवार  दिउँसो ३.३० बजे मेचीनगर नगरपालिका वडा नं. ६ काँकडभिट्टास्थित हिमालय गेस्ट हाउसको कोठा नं.१०२ बुकिङ गरी बसेका भारत पश्चिम बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामले लागू औषध ल्याई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले कोठा तलासी लिएको थियो ।

त्यस क्रममा इन्टेक्स लेखिएको काटुनभित्र १ के.जी. ७०० ग्राम तौल भएको गैँडाको खाग , प्लास्टिकसहित ३ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर, पाइइभोन स्पास प्लस लेखिएको ट्याब्लेट १८ पत्ता, डिजिटल तराजु र मोबाइल १ थान फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयकी निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिनुभयो ।

पक्राउ परेका भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा अनुसन्धानका लागि राखिएको र बरामद खागलाई प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।