• २३ पुस २०८१, मङ्गलबार

बाँकेको कोहलपुरमा क्याफे कविता

blog

क्याफेमा कविता सुनाउँदै कैलाली र बाँकेका साहित्यकार। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस २१ गते। हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा क्याफे कविताको पहिलो शृंखला कोहलपुरमा सम्पन्न भएको छ। 

यसअघि विभिन्न हल र सभागृहमा आयोजना हुँदै आएका साहित्यिक कार्यक्रमलाई अहिलेको समयअनुसार पहिलो पटक क्याफेमा सञ्चालन गरिएको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष पुष्कर रिजालले बताउनुभयो। 

सो क्याफे कविता कार्यक्रममा कैलालीका कवि महेश दोस्ताज र कोहलपुरकी कवि प्रतिभा प्रक्षिप्तले आफ्ना ६–६ वटा कविता सुनाउनुभएको थियो। 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल, वागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, प्रा.डा. जनार्दन आचार्य, साहित्यकार किरण आचार्य, इन्द्र बस्नेत, ईश्वरी रिजाल, हरि सुवेदी, सागर गैरे, विष्णु बेलबासे, खोपीराम वली, देवकी निरौला, नवीन अभिलाषी, वीपी अस्तु, वीरेन्द्र शाही, हुकुम धड्कन, भीम रोकाय, खेम बगर, विष्णु पादुका, इन्दिरा गौतम, पुर्मल बस्नेत, नमिता बराल, चन्द्रावती अधिकारी, मणि गैरे, प्रकाश मरासिनी लगायत ६ दर्जन जति साहित्यकारको उपस्थिति रहेको थियो। 

सहभागीले कार्यक्रम निकै नौलो, प्रभावकारी र सानदार रहेको प्रतिक्रिया दिनुभयो। आफूले प्रतिभा भएका कविलाई हौसला दिने र साहित्यबाट समाजलाई युग र जीवन देखाउने उद्देश्यले यस्तो कार्यक्रम ल्याएको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजालले बताउनुभयो। कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव केशव निमेषले गर्नुभएको थियो।