• १६ पुस २०८१, मङ्गलबार

एक तिहाइ जनसङ्ख्या वैदेशिक रोजगारीमा

blog

हिले समाचारदाता 

हिले, पुस १४ गते । बितेको छ वर्षमा धनकुटाबाट ५४ हजार ७६४ जना युवकयुवती वैदेशिक रोजगारको सिलसिलमा बिदेसिएका छन् । आप्रवासी स्रोत केन्द्रले अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा सरोकारवालासँग गरेको अन्तव्रिर्mयामा धनकुटाका ४८ हजार ४३७ पुरुष र छ हजार ३२७ जना बिदेसिएका तथ्याङ्क प्रस्तुत गरिएको छ । यो धनकुटाको कुल जनसङ्ख्याको एक तिहाइभन्दा बढी हो । जनगणना, २०७८ को अनुसार धनकुटाका कुल जनसङ्ख्या एक लाख ५० हजार ५९९ रहेको छ ।   

आर्थिक वर्ष २०८०/८१ मा धनकुटाबाट वैदेशिक रोजगारीको सिलसिलामा बिदेसिनेकोे सङ्ख्या छ हजारभन्दा बढी रहेको तथ्याङ्कमा देखिएको छ । केन्द्रको तथ्याङ्क अनुसार गएको २०७९/८० मा वैदेशिक रोजगारीको सिलसिलामा बाहिर जानेको सङ्ख्या सात हजार ७८४ रहेको थियो । 

अघिल्लो वर्षको तुलनामा यस वर्ष केही कमी रहेको आप्रवासी स्रोत केन्द्रकी सूचना अधिकृत मञ्जु राईले जानकारी दिनुभयो । कार्यव्रmममा धनकुटाका प्रखुम जिल्ला अधिकारी टुवराज पोख्रेलले जिल्लामा वैदेशिक रोजगारीमा जानेहरू बढी ठगीमा परेको गुनासो आउने गरेको बताउनुभयो । उहाँले वैदेशिक रोजगरीमा जानुअगाडि बुझेर मात्रा जानुपर्ने बताउनुभयो । त्यस्तै जिल्लाका सात वटै पालिकामा सचेतना कार्यव्रmम सञ्चालन गर्ने र प्रशासनमा आउने सेवाग्राहीलाई पनि वैदेशिक रोजगारीसम्बन्धी जानकारी र सचेत गराउने गरेको बताउनुभयो । कार्यव्रmममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै केही गर्छु भन्नेका लागि कृषिमा विभिन्न किसिमका अनुदानको कार्यव्रmम ल्याएको बताउनुभयो । उहाँले आवश्यकता हेरेर अन्य क्षेत्रभन्दा कृषि क्षेत्र बढी प्राथमिकतामा राखिएकोसमेत बताउनुभयो ।