गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ८ गते । साहित्य सन्ध्याको ४५८ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘सामाजिक रूपान्तरणमा नेपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयमा परिचर्चा गरिएको छ । पद्मोदय माध्यमिक विद्यालयमा भएको कार्यक्रममा सिन्धुपाल्चोकका कवि लक्ष्मण तिमिल्सिनाको कवितासङ्ग्रह ‘मातृवन्दना’ को लोकार्पण गरिएको थियो भने विशेष कवि गोष्ठी पनि आयोजना गरिएको थियो ।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको समारोहमा साहित्यकार चन्द्रप्रसाद न्यौपाने, प्रभाती किरण, डा. कृष्ण सुवेदी, सिन्धुपाल्चोकका जनप्रतिनिधि शशिनाथ आचार्य, साधुराम नेपाललगायतका स्रष्टाको उपस्थिति रहेको थियो ।