• ७ पुस २०८१, आइतबार

सडक पुगे पनि सवारीसाधन पुगेनन्

blog

मार्तडी समाचारदाता

मार्तडी (बाजुरा), पुस ७ गते ।  जिल्लाको पूर्वीउत्तरी क्षेत्र कोल्टीमा सडक पुगेको करिब २५ वर्ष पूरा भएको छ तर हालसम्म यात्रुवाहक बस पुग्न सकेको छैन । मार्तडी–कोल्टी सडक सञ्जालसँग जोडिएको धेरै वर्ष पुगे पनि यहाँका नागरिकले बस चढ्न पाएका छैनन् । 

बस सेवा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले अनुमति दिएको छ तर सो अनुमति कागजमा सीमित भएको छ । प्रशासनले मार्तडी–कोल्टी बस सेवा सञ्चालनकै लागि पटक पटक सर्वदलीय, सर्वपक्षीय निर्णय गरे पनि तर अहिलेसम्म बस सेवा सञ्चालन गर्ने कुनै सुरसार देखिँदैन । 

कोल्टीसम्म बस सञ्चालन गर्न २०८१ मङ्सिर २० गते जिल्ला प्रशासन कार्यालय बाजुरामा सर्वदलीय सर्वपक्षीय बैठक बसेको थियो । सो बैठकले तत्काल बस सञ्चालन गर्ने निर्णय गरेको भए पनि अहिलेसम्म सेवा सञ्चालन नभएको पाइएको छ तर तीन साता पुग्नलाग्दा बस सेवा सञ्चालन नभएको स्थानीयले बताएका छन् । कोल्टीमा अहिलेसम्म बस पुग्न सकेको छैन । 

बस सेवा सञ्चालन नहुँदा नागरिक महँगो भाडा तिरेर साना सवारीसाधनमा यात्रा गर्नुपर्ने बाध्यता रहेको बुढीनन्दा नगरपालिका–१०, पाण्डुसैनका दिनेश बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “मार्तडी–कोल्टीमा बस सेवा सञ्चालन भए नागरिकलाई केही राहत हुने बताउनुभयो ।”