• ८ पुस २०८१, सोमबार

‘नाइ नाइ नभन्नु ल’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ६ गते । बसन क्षेत्रीको ‘नाइ नाइ नभन्नु ल’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा उहाँलाई एलिना चौहानले साथ दिनुभएको छ भने कुसुम शर्मा (सकम्बरी) र बसन क्षेत्रीको अभिनय रहेको छ ।

गीतको निर्देशन, शब्द तथा सङ्गीत शिवराज गौतमको रहेको छ । गीतको छायाङ्कन तथा सम्पादन जोन राईले गर्नुभएको छ । युनिका अछामी, रमिता बलामी अनिता तामाङ, आस्था गुरुङ, पुनम तामाङ, रेकिशा खत्री, अङ्कित क्षेत्री, पवनजङ्ग रोकाया, प्रितम तामाङ, नामगेल शेर्पा, सुसन तामाङ, लक्ष्मणलगायत कलाकारलाई पनि गीतमा देख्न सकिन्छ ।