• ६ पुस २०८१, शनिबार

गोरखा उद्योग बाणिज्य संघको अध्यक्षमा मास्के

blog

अध्यक्षमा सर्वसम्मत हुनुभएका भगवानबाबु मास्के ।

गुणबहादुर रोका 

सुलीकोट, पुस ५ गते । गोरखा उद्योग वाणिज्य संघको अध्यक्षमा भगवानबावु मास्के निर्विरा्ेध चयन हुनुभएको छ । गोरखा उद्योग बाणिज्य संघको ४९ औ बार्षिक साधारणसभा तथा १७ औ अधिबेशनमा मास्केको नेतृत्वमा कार्यसमिति निर्विरोध चयन भएको हो ।

संघको बरिष्ठ उपाध्यक्ष अस्मकबाबु श्रेष्ठ, उपाध्यक्षमा प्रकाशचन्द्र श्रेष्ठ, महासचिबमा चन्दनबाबु खत्री, कोषाध्यक्षमा सुरेन्द्र कुँबर, सचिबमा शरण श्रेष्ठ, सहकोषाध्यक्षमा बसन्त बस्नेत, सदस्य महिलामा शुसिला श्रेष्ठ, सदस्य बस्तुगतमा पर्बबहादुर बिक, सदस्य एशोसियटबाट बिक्रम बस्नेत चयन हुनुभएको छ । 

त्यस्तै, सदस्यहरुमा प्रदिप खनाल, पुष्कल अर्याल, कर्णबहादुर गुरुङ, दिपककुमार श्रेष्ठ, मनकाजी श्रेष्ठ, काजीराम श्रेष्ठ, किरण ढकाल, भोलाप्रसाद मरहठ्ठा र सोम कोइराला निर्बिरोध चयन हुनुभएको छ ।  

उम्मेदवारी दर्ताको क्रममा सबै पदमा एकल उम्मेदवारी मात्र परेको तथा कुनै पनि उम्मेदवारीउपर दाबी विरोध नपरेपछि निर्विरोध चयन भएको मुख्य निर्बाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिनुभयो । 

गोरखा उद्योग बाणिज्य संघमा आबद्ध भएका ब्याबसायीहरु ८ सय २ जनामा सदस्यहरु मध्येबाट सबै १९ पदमा एकल उम्मेदार मनोनयन भएकाले स्वतः चयन भएको हो ।