• ३ पुस २०८१, बुधबार

सेनाले गोरखा–काठमाडौं पद यात्रा गर्ने

blog

पदयात्रामा सेना । फाइल तस्विर

गुणबहादुर रोका 

सुलीकोट, मंसिर ३ गते । आगमी पुस २७ गते पृथ्वीजयन्तीको अवसर पारेर नेपाली सेनाले यो वर्ष पनि गोरखा–काठमाडौं एकीकरण पद यात्रा गर्ने भएको छ ।

पृथ्बीनारायण शाहले बाइसे–चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरेको पैदलमार्ग हुँदै पुस २१ गतेबाट पदयात्रा सुरु गरिने नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपाली सेनाको ब्याण्डबाजा, पञ्जेबाजा बजाउँदै हनुमान चौताराबाट निस्केर टोली गोरखा दरबार, जोरपोखरी, ताप्ले अश्राङ हुँदै बोर्लाङको घाटबेशी पुर्‍याइने उहाँले बताउनुभयो । साँझ एक कार्यक्रम गरी धादिङको टोलीलाई टर्च र झण्डा दिएर गोरखाको टोली फिर्ता हुने नेपाली सेनाले जनाएको छ । 

पृथ्बीनारायण शाहकालीन पोशाकमा सजिएका सेनाले पृथ्वीनारायण शाहले स्थापना गरेको पुरानो गोरखगण, बर्दबहादुर गण, सबुज गण, कालीबक्स गण र श्रीनाथ गणको झण्डा राष्ट्रिय झण्डा र टर्चसहित पुस २१ गते गोरखाबाट प्रस्थान गर्ने कार्यक्रम तयार भएको छ । 

गोरखाबाट पठाइएको टर्च र झण्डा २६ गते साँझसम्म काडमाडौंको हनुमानढोका लगिनेछ । २७ गते हनुमान ढोका परिसरमा हुने राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती मूल समराहोमा शार्दूलजङ्ग गुल्मले उक्त टच र झण्डासहित प्रस्तुति गर्ने कार्यक्रम छ । 

नेपाली सेनाले गोरखा–काठमाडौ पदयात्रालाई गोरखा नगरपालिकाको पर्यटन वर्षसँग जोडेर अघि बढाउने निर्णय भएको छ । रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले भन्नुभयो, “यस वर्ष गोरखा दरबारमा सबैको सहभागितामा पदयात्रा सुरु हुने छ ।”

राष्ट्रिय बिभुति पृथ्बीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा धादिङ नुवाकोट हुँदै काठमाडौमा आक्रमण गरेको इतिहास छ । पृथ्वीनारायण शाहले छरिएर रहेका राज्यलाई एकीकृत गरी बर्तमान नेपाल निर्माण गरेका शाहको इतिहासलाई जगेर्ना गर्दै तत्कालीन बाटोलाई पदमार्ग बनाएर पर्यटन प्रवर्धन गर्ने सरकारको तयारी छ । 

जिल्लामा रहेका ११ वटै पालिकाका प्रमुख, बविभिन्न तहका जनप्रतिधि, नेपाली सेना र सरकोवालाको संयुक्त छलफलबाट बुधबार सर्वसहमत निर्णय भएको रिपुमर्दन गण गोरखाले जनाएको छ ।