अविनाश चौधरी
धनगढी, पुस ३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको टीकापुरका डा. जितु उपाध्यायलाई आफ्नो राजनीतिक सल्लाहकार नियुक्त गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको सल्लाहकार नियुक्ति तथा सेवा र सुविधा सम्बन्धी कार्यविधि २०८१ को दफा ३, उपदफा १ (क) बमोजिम उहाँले डा. उपाध्यायलाई राजनीतिक सल्लाहकार नियुक्त गर्नुभएको हो । सोही कार्यविधिको दफा ९ एवम् अनुसूची २ बमोजिम उपाध्यायको पारिश्रमिक र सुविधा हुने जनाइएको छ ।
पुस महिनादेखि लागु हुने गरी मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकार बन्नु भएका उपाध्याय यसअघि क्यानडाको म्याकगिल विश्वविद्यालयमा अध्यापनको काम गर्दै आउनु भएको थियो । उहाँका झन्डै दुई दर्जन अनुसन्धान जर्नल प्रकाशित छन् । उपाध्याय सरकारी छात्रवृत्ति र शैक्षिक उपलब्धि पदक नेपाल विद्याभूषण (क) बाट विभूषित हुनुभएको छ ।