• ८ पुस २०८१, सोमबार

नागरिक लगानी कोष र आईएमईबिच सेयर प्रत्याभूति सम्झौता

blog

सेयर प्रत्याभूति गर्न नागरिक लगानी कोष र आईएमई लिमिटेडबिच सम्झौता । तस्बिर : नागरिक लगानी कोष

काठमाडौं, पुस २ गते । नागरिक लगानी कोष र आईएमई लिमिटेडबिच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गर्नुभएको हो ।

आईएमईले प्रति सेयर एक सय रुपियाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार सात सय रुपियाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहनेछ ।