• ९ वैशाख २०८२, मङ्गलबार

तीन व्यक्तित्व अभिनन्दित

blog

कार्यक्रममा अभिनन्दित व्यक्तित्वहरु ।

गोरखापत्र अनलाइन

काठमाडौँ, पुस १ गते । ब्रिजवाटर एजुकेशन फाउण्डेशनले विभिन्न क्षेत्रमा योगदान गरेका तीन जना व्यक्तित्वलाई अभिनन्दन गरेको छ । राजधानीमा हालै आयोजित कार्यव्रmममा प्राडा मनप्रसाद वाग्ले, दिलभुषण पाठक र देवेन्द्ररमण खनाल अभिनन्दित हुनुभएको हो ।

स्वास्थ्य एवं जनसंख्या मन्त्री प्रदिप पौडेलले तीन व्यक्तित्वलाई अभिनन्दन गर्नुभएको हो । मन्त्री पौडेलले ब्रिजवाटर एजुकेशन फाउण्डेशनले अभिनन्दनको उत्कृष्ट परम्परा कायम राख्दै अघि बढेकोमा फाउण्डेशनको प्रशंसा गर्नुभयो । ब्रिजवाटर एजुकेशन फाउण्डेशनका अध्यक्ष दीपक पाण्डे अभिनन्दित व्यक्तित्व आफ्ना लागि मार्गदर्शक प्रेरणास्रोत भएको चर्चा गर्नुभयो ।

कलेजका प्रिन्सिपल कृष्ण पौडेल, प्रिन्सिपल विष्णु शर्माले अभिनन्दित व्यक्तित्वलाई धन्यवाद दिनुभयो । सो अवसरमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यव्रmमका साथै प्रतिभा स्पर्धा समेत गरिएको थियो । कार्यक्रममा कलेजका शिक्षक, विद्यार्थी पत्रकार, शुभेच्छुक र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।