• १३ पुस २०८१, शनिबार

१३ हजार कानुन व्यवसायी करको दायरामा

blog

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा बोल्नुहुँदै ।

काठमाडौं, पुस १ गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले १३ हजार कानुन व्यवसायीहरु करको दायरामा आएको बताउनुभएको छ ।

सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले २१ हजार कानुन व्यवसायीहरुमध्ये तीन हजार कानुन व्यवसायी करको दायरामा आइसकेको उल्लेख गर्नुभयो । उहाँले कानुन व्यवसायीहरुको रिन्यु पनि कर नतिरेसम्म नगर्ने भने पनि कानुन व्यवसायीहरु करको दायरामा आएको उल्लेख गर्नुभयो ।

सचिव सापकोटाले नवप्रवेशी कानुन व्यवसायीहरुलाई कानुन व्यवसायी परिषद्ले तालिम दिइरहेको बताउनुभयो ।